दफा १२
समितिको बैठक र निर्णय
(१) समितिको बैठक कम्तीमा छ महिनामा एक पटक बस्नेछ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(३) समितिको कूल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ।
(४) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यले आफूमध्येबाट छानेको सदस्यले अध्यक्षता गर्नेछ।
(५) समितिको बैठकमा बहुमतको. राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ।
(६) समितिको निर्णय अध्यक्ष र सदस्य-सचिवबाट प्रमाणित हुनेछ।
(७) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।